ब्रेकिंग न्युज

कपिलवस्तुकी ७ बर्षिया एक बालिकालाई सहयोग जुट्ने क्रम शुरु ।



कपिलवस्तु भदौ २९।

कपिलवस्तुको बाणगंगा ४ ठाकुरापुरकी ७ बर्षिया बालिकाको उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम शुरु भएको छ । श्वास नलिमा मासु पलाएपछि आवाज बिहीन भएकी सोना पौडेलको उपचारका लागि बिभिन्न ठाउहरुबाट सहयोग जुटन थालेको हो । भदौ २६ गते बुद्ध आवाज टेलिभिजनले बालिको बारेमा समाचार सम्प्रेषण संगै रिपोर्ट प्रशारण गरेपछि अहिले सोही समाचार पछि बालिकाको घरमै आई बिभ्न्नि अभियान्ता ,संघसंस्था संगै देशबिदेशबाट सहयोग आउन थालेको छ ।  

सोमबार बालदिवसका अबसर पारि कपिलवस्तु र रुपन्देहीका युवा अभियान्तले बालिकाको घरमै आई आर्थिक सहयोग गर्नुका सागै मास्क स्यानिटाईजर र जुस प्रदान गरेका छन । कपिलवस्तु बिजयनगर गाउपालिका ६ की अस्मिता घिमिरे ,रुपन्देही शुद्धोधन गाउपािलका ३ सखवनी अर्जुन रेग्मी र शिबराज नगर चन्द्रौटाकी आर्जु भट्राईले बिभिन्न सहयोगि दाताहरुबाट संकलन गरि नगद ३७ हजार १ सय ५५ संगै मास्क स्यानिटाईजर वितरण गर्नुभएको छ । बालिकाकी आमा गिता पौडेलले आफ्नो सहयोग हस्तान्तरण गर्दै अस्मिता घिमिरेले बालिकालाई सक्दो सहयोग गर्न अपिल समेत गर्नुभयो

काठमाण्डौंमा ४ पटक गरीएको श्वास नलिको अप्रेशनले अझैपनी निको हुन सकेको छैन । आर्थिक अवस्था बलियो नभएको कारणले सम्पति पनि सकिन लागे पछि बालिकाका आमा गिता पौडेलले सहयोगका लागि अपिल गर्नुभएको थियो ।

बालिकालाई सहयोगका लागि

राष्ट्रिय बाणिज्य बंंैकमा रहेको खाता नं.३५३०१००००२७१९०१०

वा इ सेवा आईडी ९८५७०६१८३५ मा पैसा जम्मा गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६