कपिलवस्तु ३० भदौँ । नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी कपिलवस्तुमा डेढ सय बढिको संख्यामा नेता तथा कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं २ गब्दैया कप्टैया गाँउका १ सय ५० बढि बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका हुन । बाणगंगा २ वडा कमिटिको आयोजनामा भएको नेकपा पार्टी प्रवेश कार्यक्रममा केन्द्र र जिल्ला नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।
नेकपाका केन्द्रिय सदस्य ,कपिलवस्तु जिल्लाका सहईन्चार्ज एबम राष्ट्रिय सभा सदस्य समेत रहनुभएकी बिमला घिमिरेको प्रमुख आतिथ्यमा बिभिन्न पार्टी परित्याग गरि आएकाहरुलाई एक कार्यक्रमका बिच पार्टीको सदस्यता पत्र दिदै नेकपामा प्रबेश गराइ अबिर लगाएर सम्मान गरिएको छ । पार्टी प्रबेश गराउदै प्रमुख अतिथि घिमिरेले देश आर्थिक समृद्दीको दिशामा अगाडी बढ्ीरहेको बताउदै नेकपाको सरकारले जनताका चाहना पुरा गर्दै गईरहेको दाबी पनि गर्नुभयो ।
जनमतले नै अनुमोदीत नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकता अब कसैले चाएर पनि तोड्न नसक्ने उहाको भनाई छ । यस्तै पार्टी प्रबेश गरेका नवप्रबेशीहरुलाई धन्यावद संगै शुभकामना दिदै नेकपा जिल्ला अध्यक्ष झबिलाल पोख्रेल , प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्याल , नगर कमिटिका अध्यक्ष शंकर पाण्डे ,सचिब टेकेन्द्र कुमार क्षेत्री ,वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेल लगाएतले नेकपाका कार्यकर्ताले पार्टीलाइ बलियो बनाउदै लैजानुपर्ने र कुनैपनि पार्टीका ब्यक्तिको पछि नलागेर पार्टीको सिद्धान्तलाइ अगाल्दै पार्टीमा लागि रहे त्यसको प्रतिफल सन्तोषजनक हुनेमा बिश्वास राख्न आग्रह गर्नुभयो ।
यस्तै नेकपामा प्रबेश गर्दै यम बहादुर तरामुले आफना हक र अधिकार नेकपा बाटै सुनिष्चत भएको महसुस गरेर नै अन्य पार्टि परित्याग गरि नेकपामा प्रबेश गरेको बताउनुभयो । बाणगंगा २ वडा कमिटिका अध्यक्ष नहकुल शाहिको अध्यक्षता ,वडा कमिटिका सचिवालय सल्लाहकार कमल क्षेत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन कमिटिका सचिव गंगाराम थारुले गर्नुभएको थियो ।
प्रतिक्रिया