मनोरञ्जन

‘नेपाली भाषा’ लाई माया नगरे कै हो ?



कपिलवस्तु , भदौ ३०

नेपाली भाषा प्रति प्रयोग बढाई माया गराउने उद्देश्यले तयार पारिएको गीत ‘नेपाली भाषा’मा दर्शकको चासो कम देखिएको छ । भारतको दार्जिलिङमा रहेका कलाकार पुष्पन प्रधानले गाएको गीत ३ साता अगाडी रिलिज भएको थियो । पुष्कर पराजुलीको शब्द, सङ्गीत र पवन रायमाझी क्षत्रीको एरेन्ज रहेको गीतले नेपाली भाषाको प्रयोग घट्दै गएकोमा चिन्ता प्रस्तुत भएको छ । अङ्ग्रेजी भाषामा शिक्षाको मोह त्याग्न, गर्वका साथ नेपाली भाषाको प्रयोग गर्न, नेपाली भाषा बच्यो भने संस्कृति जोगिने शिक्षा दिँदै भिडियो तयार गरिएको छ । 

म्युजिक भिडियो मा नेपाली भाषा जोगाउनका लागी सन्देश मूलक नारा समेत देखाइएको छ । युट्युबमा अमित पुष्पन अफिसियल नामक युट्युब च्यानलमा रिलिज भएको गीतको भ्यु ३ हजार ५ सय मात्र पुगेको छ । अगस्त १९ मा गीत रिलिज भएपनी दर्शक ले चासो रूपमा लिएका छैनन् । नेपाली भाषा प्रतीको अत्यधिक प्रेम दर्साएका गीत सुमधुर सङ्गीतले सजिएको छ । 


प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६