काठमाण्डौ ३० भदौ । अवको ३६ घण्टामा लामोदुरीका यातायात र हवाई उडान सूचारु हुने भएका छन् । सोमवारको मन्त्रिपरिषद बैठकले असोज १ गते देखि होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेकोले यो स्थिती बनेको हो । यसका साथै आधासिट क्षमता राखेर आन्तरीक हवाई उडान समेत खुल्ला गर्ने निर्णय गरेको छ । यसका साथै सरकारले असोज १ गतेबाट लामो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ । यसरी सवारी चलाउँदा सिट क्षेमताको ५० प्रतिशत यात्रु मात्र बोक्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।
बसको ढोकामा र बसभित्र अनिवार्य रुपमा स्यानिटाइजेसन गर्नुपर्नेछ भने बसका यात्रु चालक र सहचालकले मास्क, पन्जा अनीवार्य रुपमा लगाउनु पर्ने छ । सवारी साधनलाई सधै डिसइन्फेक्सन गरिराख्नु पर्नेछ ।यो अवस्था रहदासम्म तोकिएको भाडादरमा बढीमा पचास प्रतिशतसम्म लिन पाउने सरकारले निर्णय गरेको छ । यसका लागि भौतिक पूर्वाधार र यातायात मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयले थप मापदण्ड बनाउने र यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले यसको अनुगमन गर्ने निर्णय सरकारको छ । कोरोनाको महामारी संगै चैत्र १० गते देखि यातायात होटल तथा रेष्टुरेन्ट र हवाई सेवा समेत ठप्प रहेको छ ।
प्रतिक्रिया