ब्रेकिंग न्युज

कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला



धनगढी २ असोज । कैलालीमा कार्यरत एक जना पत्रकार मृत फेला परेकी छन्। घोडाघोडी नगरपालिका वडा नम्बर ४ घर भएकी २३ वर्षीय निर्मला पहराई सोही नगरपालिकाको वडा नम्बर ५ को एक जंगलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।उनी सोही नगरपालिकाको सुखडस्थित कैलाली एफएममा कार्यरत थिइन्। प्रहरीका अनुसार मृतक पहराई केही दिन अघिदेखि घरबाट सम्पर्कविहीन थिइन्।प्रहरीले घटनास्थलमा पुगेर शवको पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी गरिरहेको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६