ब्रेकिंग न्युज

संविधान दिवसमा कपिलवस्तुका ३ जनालाई मानपदवी ।



कपिलवस्तु असोज ३

संविधान
दिवसको अवसर मा कपिलवस्तुमा रही उत्कृष्ट सेवा गर्ने ३ जना मानपदवीले
आभूषित हुनु भएको छ । गृह मन्त्रालयबाट जारी सूचना अनुसार कपिलवस्तुका
जिल्ला स्वास्थ्य कार्यालयका २ कर्मचारी र १ साहित्यकार मानपदवीले सम्मानित
हुनु हुने भएको छ । दिवसको अवसर मा सरकारले ७ प्रकारमा मानपदवी, ९ अलङ्कार
र ३ प्रकारका पदकले सम्मान गर्दै आएको छ । 

कपिलवस्तु नगरपालिका २ का
साहित्यकार राघवेन्द्र कुमार श्रीवात्सवले प्रबल जनसेवा श्री चतुर्थले
सम्मानित हुनु भएको छ । यसै गरी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका
प्रमुख योगेन्द्र भगतले पनि प्रबल जनसेवा श्री चतुर्थले पदकले सम्मानित
हुनु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन तथा परिवार
नियोजन सुपरभाइजर कुमार थापा जनसेवा श्री पन्चबाट सम्मानित हुनु भएको छ । 

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६