कपिलवस्तु असोज ३
दाङको घोराही उपमहानगरपालिका १२
रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउसो १ बजे सर्पले डसेको थियो । लकडाउनका कारण उहाँ
कपिलवस्तुको शिवराज ९ बिजगौरी माइती घरमा बस्दै आउनु भएको थियो । बिजगौरीबाट ४५ मिनेटको
दुरीमा गोरुसिङ्गेमा
सर्प दंश उपचार केन्द्र थियो । तर उपचारको साटो झारफुक गराउन
तर्फ लागे । गाउँ कै अटो
रिक्सा चलाउने ‘तामिलनाडु’ भन्ने मानिसले झारफुक गराउँदै आएका थिए । झारफुकबाट निको गराउने
विश्वास दिलाएर झारफुक सुरु गरे तर बिरामीको अवस्था जटिल हुँदै गएपछि उपचारका लागी लैजाने
तरखर गरे ।
‘उपचार केन्द्र पुग्दा
साँझ ५ बजेको थियो । चित्रकलाले बाटोमा ज्यान गुमाउनु परेको थियो । समयमा उपचार नपाउँदा मृत्यु भएको
सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताउनु भयो । झारफुकमा विश्वास
गर्दा यस सिजनमा चित्रकला जस्तै गरी ११ जनाको मृत्यु भएको उपचार केन्द्रको रेकर्डमा रहेको छ । सबै जना अन्तिम
अवस्थामा पुगे पछि उपचारका लागी उपचार केन्द्रमा पुराइएको थियो । ‘झारफुकका कारण मृत्यु भएका
रेकर्डमा नभएका धेरै केस हुन सक्छन् । जुन स्वास्थ्य संस्था सम्म नआएको पनि हुन सक्छ ।
त्यस्ता घटनालाई निरुत्साहित गर्न स्थानीय सरकारले चासो दिनु पर्छ ।’ भण्डारीले थप्नु भयो ।
मङ्गलवार भएको घटनालाई केलाउने हो भने शिक्षित घर परिवार मै पनि झारफुक प्रति प्रभावित
भएको देखिन्छ । मृतक परिवार शिक्षित भएपनी झारफुक तर्फ जोड दिए एक स्थानीय भन्नु हुन्छ । सुरु मै
उपचार पाएको भएको चित्रकलाले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन । मृतक लकडाउनका कारण सवारी साधन नचल्दा उनी माइत
बसेकी थिइन । उनका पती वैदेशिक रोजगारमा रहेका छन् ।
सर्प दंश उपचार केन्द्रका अनुसार केही मानिसहरूले
अझै पनि सर्पले डसे पछि उपचारको साटो झारफुक विश्वास गर्ने प्रचलन रहेको छ । प्राय
सबै टाउका झारफुक हुने
गरेको पाइएको तर बढी मात्रामा पहाडी जिल्लामा झारफुकको प्रचलन रहेको छ । केन्द्रका
अनुसार कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँचीबाट आउने केही बिरामी झारफुक पछि मात्र उपचार गराउन आउने
गरेका छन् । झारफुक कै कारणबाट यस सिजनमा प्युठानमा ५ जना कपिलवस्तुमा ४ जना र
अर्घाखाँची २ जनाले ज्यान गुमाउनु परेको छ ।
प्रतिक्रिया