कपिलबस्तु ४ असोज । राष्ट्यि दलित पत्रकार सघं कपिलबस्तुको एक कार्यक्रमका विच तदर्थ समिती गठन गरिएको छ । संविधान दिवसको अवसरमा जिल्ला तर्दथ समिती गठन गरिएको हो । कृष्ण हरिजनको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिती गठन गरिएको हो । हरिजन सामुदायिक टेलिभिजन बुद्ध आवाजमा भिडियो जर्नलिष्टका रुपमा कृयासिल रहेका छन् ।
समितिको उपाध्यक्षमा कल्याणी खनेल, सचिवमा विक्रम विश्वकर्मा, सहसचिव भुपेन्द्र सुनार, कोषाध्यक्षमा रामशरण रैदास रहनु भएको छ भने सदस्यमा राजकुमार चमार, धनिराम कोरी, राम बहादुर गन्र्धव रहनु भएको छ २ सिट रिक्त छ । यस्तै रामदेव पासीको संयोजकत्वमा सल्लाहकार समिती समेत गठन गरिएको छ । जसको सदस्यमा उजेली विश्वकर्मा र राम प्रकट कोरी रहनु भएको छ ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष तथा सविंधान सभा सदस्य विनोद पहाडीले सम्बोधन संविधानमा सुनिश्चित गरिएका दलितका हक अधिकार कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । साथै उहाले समाजमा छरिएर रहका दलित समुदाय एक हुन आवश्यक रहेको बताउदै दलितका मुद्धाहरुलाई मिडिया मार्फत बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै दलित मानव अधिकारकर्मी मिना परियारले शुभकामना दिदै पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा नव गठित कार्य समितिले अग्रसर भएर काम गर्नु पर्नेमा जोड दिनु भएको छ । यस्तै जिल्ला अध्यक्ष कृष्ण हरिजनले समाजमा भैरहेको दलित विरुद्धका हिंसा अत्याचार जस्ता जघन्य कुकृतीहरलाई अन्त्य गर्नको लागि आफु सधैव लागी पर्ने प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ प्रदेश ५ का अध्यक्ष चिन्ता परियारको अध्यक्षता, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य सोना खटिकको विशिष्टि अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सल्लाहकार संजिव गहतराज, दलित अधिकारकर्मी मिना परियार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया