ब्रेकिंग न्युज

आज नेकपाको सचिवालयको बैठक बस्दै



काठमाण्डौँ ४ भदौँ। पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पाएपछि पहिलोपटक आज नेकपाको सचिवालयको बैठक बस्दै छ । कोटेश्वरस्थित पेरिसडाँडामामा आज बस्न लागेको पार्टी सचिवालय बैठकबाट नेताहरुले त्यस कार्यको थालनी गर्ने बुझिएको छ। आजको वैठकले लामो टकराबपछि भएको सहमतिका आधारमा सरकारमाथि पार्टीको सर्वोच्चता परीक्षण गर्ने नेताहरुके ध्याउन्न छ ।उपयुक्त मापदण्ड निर्माणको थालनी, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रिपरिषद्का पुनर्गठनका लागि सूची तयार पार्ने विषयमा आज छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

     त्यसबाट मन्त्रिपरिषद् पुनर्गठन या हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार नभएर त्यसलाई पार्टीको अधिकारभित्र पार्ने प्रयासमा नेताहरु लागेको बुझिन्छ। श्रेष्ठका अनुसार उपयुक्त मापदण्डका आधारमा संवैधानिक राजनीतिक नियुक्तिको विषय पनि बैठकको एजेण्डा बन्नेछ। यस्तै सांगठनिक एकीकरणको बाँकी कामबारे पनि बैठकमा छलफल हुनेछ।गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा प्रचण्ड र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यबिभाजन र कार्यअधिकार स्पष्ट पार्दै पारित प्रस्तावमा ‘अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतरुपमा अघि बढाउन समन्व्य गर्ने’ भन्ने उल्लेख गरिएको थियो।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६