काठमाडौँ ४ भदौँ । इन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको दोस्रो खेलमा आइतबार सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स र किङ्ग्स इलेवेन पञ्जाब भिड्दैछन् । यूएईमा पञ्जाबको टोलीले अहिलेसम्म एक खेल पनि हारेको छैन सन् २०१४ मा टोलीले त्यहाँ सबै ५ खेलमा जीत हासिल गरेको थियो । साथै पञ्जाबले पछिल्लो तीन सिजनमा आफ्नो पहिलो खेल जित्दै आएको छ ।
यद्यपि, यसपटक उत्कृष्ट स्पीनरहरु रहेको दिल्ली पञ्जाबमाथि भारी पर्न सक्छ । टोलीमा सन्दीपसहित रविचन्द्रन अश्विन, अमित मिश्रा लगायत अनुभवी स्पीनर रहेका छन् । अश्विन पछिल्लो पटक पञ्जाबका कप्तान थिए ।लोकसभा चुनावको कारण सन् २००९ मा आईपएल दक्षिण अफ्रिका र सन् २०१४ को शुरुवाती २० खेल यूएईमा भएको थियो । तब यूएईमा दिल्लीको रेकर्ड निकै खराब रहेको थियो । टीमले त्यहाँ खेलिएका ५ मध्ये २ खेलमा मात्र जीत हासिल गर्न सफल भएको थियो ।
हेड टु हेड
पञ्जाबले आईपीएलमा सबैभन्दा बढी १४ खेल दिल्लीविरुद्ध जितेको छ । दुई टोलीबीच हालसम्म भएका २४ खेलमध्ये दिल्लीले १० खेल जितेको छ । अघिल्लो सिजन दुई टोलीले १–१ खेल जितेका थिए ।पञ्जाब र दिल्ली दुवै टोलीले हालसम्म आईपीएलको उपाधि जितेका छैनन् ।
पञ्जाब सन् २०१४ को फाइनलसम्म पुगेको थियो । दिल्लीले भने अहिलेसम्म फाइनल पुग्न सकेको छैन । नेपाली लेग स्पीनर सन्दीप लामिछाने आईपीएल खेल्न यसअघि नै यूएई पुगेका छन्। उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल)सक्काएर गत भदौ २७ गते यूएईतर्फ लागेका थिए ।ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई गएका हुन् । आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन् । यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ ।
प्रतिक्रिया