ब्रेकिंग न्युज

कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन



काठमाडौँ ४ भदौँ । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४  नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार  १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् ।कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

      समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् ।कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स ९युएई०, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । विदेशमा अलपत्र  ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ ।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६