ब्रेकिंग न्युज

एक हप्तादेखि अनसनरत डाक्टर गोविन्द केसीलाई अस्पताल सारियो



जुम्ला ४ भदौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएससहितका चिकित्सा क्षेत्रका मागसहित एक हप्तादेखि अनसनरत डाक्टर गोविन्द केसीलाई अस्पताल सारिएको छ ।डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारिएको हो । गएराति साढे एक बजे अनसनस्थल चन्दननाथ नगरपालिका वडा नम्बर ६ रानीचौर बाबिरा मन्दिर धर्मशालाबाट अस्पताल पुर्याइएको हो ।

           स्वास्थ्यकर्मीको २४ घण्टा निगरानी हुने ठाउँमा पुर्याउनुपर्ने प्रतिवेदनपछि अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।केसीलाई आईसीयूमा भर्ना गरिए पनि कुनै पनि उपचार गर्न नमानेको उपचारमा खटिएका डाक्टर प्रवीण गिरीले जानकारी दिनुभयो । डाक्टर केसीको मुटुको चाल बढेको, श्वास प्रश्वासमा समस्या बढ्दै गए पनि स्लाइन, अक्सिजन लिन नमानेको उहाँले बताउनुभयो । प्रहरीले अस्पताल ल्याएपछि आफूलाई अपहरण शैलीमा अस्पताल ल्याइएको डाक्टर केसीले प्रतिक्रिया दिनुभएको छ । केसीले चिकित्सा क्षेत्रका विभिन्न मागहरुसहित १९ औ‌ं अनसन सुरु गर्नुभएको हो।

प्रकाशित : ४ आश्विन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६