काठमाडौं ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो ।पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
५ आश्विन २०७७, सोमबार
प्रतिक्रिया