कपिलवस्तु, असोज ५
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका वडा अध्यक्ष सहित ९ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । थप भएकाहरु वडा नं. १,२ र ३ नम्वर वडाका रहेका छन् । थप भएका सवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित वडा अध्यक्षले जनताको काम गर्ने क्रममा संक्रमित भएको हुन सक्ने बताउनु भयो । कोरोना जितेर छिट्टै काममा फर्किने बिश्वास रहेको वडा अध्यक्षको भनाइ थियो । मंगलवार बाणगंगा नगरपालिकामा १ जनामा कोराना देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया