कपिलवस्तु ६ असोज । कपिलवस्तुको बाणगंगामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बाणगंगा नगरपालीकाबाट विदेशबाट आएका र कन्ट्याक ट्ेसिगंमा परेका ९३ जनाको स्वाव मध्ये ६७ जनाको नतिजा आएको छ । जसमध्ये ११ जनाको रिर्पोट पोजेटिभ आएको बाणगंगा नगरपालीका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । संक्रमित मध्ये वडा नं. १ का २७ बर्षिय पुरुष, वडा नं. ७ का २८ र ४६ बर्षिय पुरुष ,वडा नं. ८ का २४ र २७ बर्षिय पुरुष ,वडा नं. ९ का ५० बर्षिय महिला ,वडा नं. १० का २७ र २८ का महिला , वडा नं. ११ का ७४ ,७५ र ८० बर्षिय महिला रहेका छन् ।
६ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया