काठमाडौं ६ असोज। सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।नेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको सोमबार निधन भएको थियो ।काठमाडौंको जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएका शेर्पाको नाममा १० पटक बिना अक्सिजन सगरमाथाको चुचुरो पुगेको कीर्तिमान रहेको छ ।
६ आश्विन २०७७, मंगलबार
प्रतिक्रिया