ब्रेकिंग न्युज

‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता हुने



काठमाडौँ ७ असोज । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा  ‘नेपाल इन लकडाउन’ फोटो प्रतियोगिता गर्ने भएको छ ।कोभिड–१९ सँगै सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको अवधिमा खिचिएका तस्वीरलाई समेटेर प्रतियोतिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि २०७६ चैत ११ गतेदेखि २०७७ भदौ मसान्तसम्म खिचिएका लकडाउनसम्बन्धी फोटो समावेश गर्न पाइने व्यवस्था छ ।

लकडाउनको अवधिमा आम मानिसले आफ्नो दैनिक गुजारा गर्न गरेको सङ्घर्ष, माहामारीपछि बच्न परिवर्तन गरेको आनीबानी, व्यवहार र लकडाउनमा नेपाल कस्तो थियो, नेपालीले कस्ता चुनौतीको सामना गर्नुप¥यो, दैनिक जीवन, प्रकृति, पर्यावरणलगायतमा परेको प्रभावलाई समेट्ने फोटो सो प्रतियोतिामा समावेश गर्ने उेद्दश्य रहेको अध्यक्ष राजेन्द्र चित्रकारले जानकारी दिनुभयो ।

   प्रतियोगितामा सहभागीले बढीमा तीन फोटो समावेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतियोतिमा आएका उत्कृष्ट १० फोटो छनोट गरिने छ । प्रत्येक उत्कृष्ट १० विजेता फोटो पत्रकार तथा फोटोग्राफरलाई जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने अध्यक्ष चित्रकारले जानकारी दिनुभयो । तस्वीर एनएफपिजेको आधिकारिक इमेलमा पठाउनुपर्ने छ ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६