सूचना र प्रविधि

गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दह खोलामा पहिरो जादाँ सडक अवरुद्ध



कपिलवस्तु ८ असोज । तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको दह खोलामा गएराति ठूलो पहिरो जादाँ सडक अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा स साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो ।सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् ‌।​बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिएका छन्‌ ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६