सूचना र प्रविधि

नारायणगढ-मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध



काठमाण्डौ ८ असोज । नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द भएको छ । नारायणगढ-मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा गएराति पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।उहाँकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको छ । त्यही ठाउँमा हिजो दिउँसो पनि पहिरो खसेको थियो । पहिरो हटाएर बेलुका ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।

         यस्तै पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड अन्तर्गत कुरिनटारको पहिरो पन्छाएर एकतर्फी सञ्चालन भएको छ ।हिजो बेलुका खसेको पहिरो हटाएपछि रातिदेखि नै एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातार पानी परेपछि नारायणगढ(मुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६