ब्रेकिंग न्युज

अपाङ्गता भएका महिलाको महासङ्घ सार्वजनिक



काठमान्डौँ ८  असोज  ।अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’  भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ ।

           महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।महासङ्घलाई शुभकामना दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि केही मार्गनिर्देशिका, अधिकार सम्बन्धी नियमावली २०७७ पारित गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले नवस्थापित महासङ्घलाई स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिनुभएको थियो ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६