कपिलवस्तु ८ असोज । गण्डक क्षेत्रवाट झिकाइएका अक्सिजन मास्क सहितका गोताखोरद्वारा कोइली नदीमा २ दिनदेखि बेपत्ता १ को खोजी जारी रहेको छ । विधुत वितरण केन्द्र जीतपुरका प्रमुख कृष्ण पौडेल सवार गाडी वाढीले वगाएपछि २ जनाको शव फेला परेपनि पौडेलको अझै सम्म पत्ता लागेको छैन । गोताखोर टोलीले कजवेय नजिकका नदीले भूमरी काट्ने स्थानहरुवाट खोजी शुरु गरेको छ । नदीको खोचमा भित्र शव अडकेको अवस्थामा हुन सक्ने अनुमानका साथ अक्सिजन मास्क सहितका गोताखोर परिचालित भएको बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । टोलीलाई नगरले आवश्यक परेको भौतिक सहयोग उपलब्ध गराएको उपमेयर अर्यालको भनाइछ ।
यता कपिलवस्तुको वाणगंगा र कोइली नदीका विभिन्न क्षेत्रमा परिचालित नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले निरन्तर खोजी गर्दा आज अपरान्ह ३ वजेतिर गाडीमा सवार सितगंगा नगरपालिका वडा नम्बर १३ का केशव भाट क्षेत्रीको शव फेला परेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले वताउनु भयो । उहाकै नेतृत्वमा बाणगंगा नदीको कोपवा खण्डमा खोजीगर्ने क्रममा सुठौली नजिको नदीको खोचमा भाटको शव फेला परेको थियो । वाणगंगा वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा क्षेत्रीको शव फेला परेको अधिकारीले ।नदी किनारमा तैरिएर रहेको अवस्थामा उक्त शव भेटिएको हो । यता विदुतको काम सकाएर कार्यालय फर्कदै गरेको अवस्थामा प्राधिकरण गजेहडा शाखाको बा। १ च।१०८९ पजेरो जीप बुधवार वाढीले कजवेयवाट बगाएको थियो ।
जिप बगाउँदा ३ जना वेपत्ता भएका थिए । दुर्घटना भए पश्चात निरन्तर उद्धारमा खटिएका सुरक्षाकर्मीले जीप चालक माधव प्रसाद पाण्डेको मृत शव र जीप साँझ नदीवाट बाट निकालेको थियो । ६ जना सवार जिपमा तीन जना भने हाम फालेर बाँच्न सफल भएका थिए । वितरण केन्द्र ४ नम्वरका प्रमुख पौडेल अझै सम्म फेला नपरेपछि घरपरिवार समाज र सुरक्षा निकाय सबै तनावमा परेका छन् ।
प्रतिक्रिया