ब्रेकिंग न्युज

कपिलवस्तुकी संक्रमित महिलाको आज साँझ मृत्यू



रुपन्देही ८ असोज । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तु पचेहरा बनगाइकी ७० वर्षिय महिलाको मृत्यु भएको छ। वाणगंगा ११ स्थित वनगाईकी ७० वर्षीया महिलाको बेलुका साढे ५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनु भयो ।  असोज ५ गते अस्पतालमा भर्ना भएकी उनमा मिर्गौलाको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

     यता बीहिवार बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ जना संक्रमितको मृत्यु भएको थियो। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो।उनीहरु दुवैजनालाई ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो। 

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६