कपिलवस्तु , असोज १० गते । कपिलवस्तुको जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ सास्ती खेप्नु परेको छ । कारागारको क्षमता ३ सय ५२ रहेको छ तर ४ सय १५ जना कैदीबन्दी बस्दै आएका छन । बढी भएका कारण शौचालय जानका लागि कैदीबन्दीको लागी लाइन लाग्नु पर्ने बाध्यता रहेको छ । कैदीबन्दीका लागि १८ वटा शौचालय मात्रै छन् ।
कारागारमा रहेका मध्ये ३ सय १० जना कैदी र १ सय ५ जना थुनुवा रहेको जिल्ला कारागारका जेलर राकेश पाण्डेले बताउनु भयो । ति मध्ये २३ कैदी भारतीय नागरीक रहेका छन । कारागारमा २ बल्क मध्ये पहिलोमा १८० र दोस्रोमा १७२ जना अट्ने क्षमता रहेको छ । कारागारमा सबैभन्दा बढि जवरजस्ती करणीका थुनुवा र कैदी रहेका छन ।
जवरजस्ती करणी अन्र्तगत १ सय ४ कैदी र २५ जना थुनुवा रहेका छन । यसै गरि कर्तब्य ज्यान सम्बन्धी मुद्दाका ७३ कैदी र २१ जना थुनुवा तथा लागुऔषध सम्बन्धी मुद्दामा ७२ जना कैदी र २६ जना थुनुवा र अन्य केसमा ६१ कैदी र ३३ थुनुवा रहेका छन् । जवरजस्ती करणीका ४, कर्तब्य ज्यानमा १ र लागु औषधका ८ कैदी र अन्य केसका १० कैदी भारतीय नागरीक रहेका छन् ।
कोरोना बिरुद्ध सतर्कता अपनाउदै ।
कारागारका स्वास्थ्यकर्मी लेखनाथ पौडेलका अनुसार कारागार भित्र कोरोना संक्रमण फैलन नदिन उच्च सर्तकता अपनाएको बताउनु भयो । कारागारका कैदीवन्दी संग परिवार र अन्य संग भेटघाट बन्द गरिएको छ । नयाँ आउने कैदीबन्दीको पीसीआर रिर्पोट नेगेटिभ आएपछि मात्र कारागारमा राख्ने गरिएको छ । कार्यलयमा क्वारेन्टाईनको ब्यवस्था गरीएको छ । कार्यालय प्रबेश गर्ने गर्दा तापक्रम जाँच गर्ने ,स्यानिटाईजर लगाएर मात्र भित्र प्रबेश गर्न दिइएको छ । कारागार भित्र अहिले सम्म कोरोना संक्रमण देखिएको छैन । आवश्यक स्वास्थ्य सुरक्षा सामग्री पनि दिइदै आएको छ । १२ जना कर्मचारी रहेको कारागारमा अहिले ९ जना मात्र कार्यरत रहेका छन ।
प्रतिक्रिया