रुपन्देही ११ असोज । रुपन्देशीको रोहीणी खोलाको वगमा फेला परेको महिलाको शवको पहिचान हुन नसक्दा समस्या परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह १२ रोहिणी खोलाको बगरमा करीब ५०/ ५५ वर्षकी महिलाको शव फेला परेको हो। शव सडिसकेकोले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टनका लागि भैरहवाको भीम अस्पतालमा लगिएको छ। कसैले हत्यागरि फालेको हुन सक्ने अनुमान गरिएको छ । कुनै महिला बेपत्ता भएको भए संपर्क गर्न सम्वन्धित परिवारलाई आग्रह समेत गरिएको छ ।
प्रतिक्रिया