सूचना र प्रविधि

प्रदेश ५मा किसानलाई फेरी अर्काे नयाँ कार्यक्रम



रुपन्देही  १२ असोज  प्रदेश ५ सरकारले कृषि क्षेत्रको उत्थान र सिधै वजारसंगको किसानको पहुच वढाउन अर्काे महत्वपूर्ण कार्यक्रम ल्याएकोछ । कृषि–उपज बजारसम्म पु¥याउन र बिक्रीवितरण सहज बनाउन प्रदेश ५ सरकारले व्यावसायिक किसानका लागि अटोरिक्सा सहयोग कार्यक्रम सञ्चालनमा ल्याएको हा । कार्यक्रमअन्तर्गत किसान समूह र सहकारीलाई लक्षित गरी अटोरिक्सा उपलब्ध गराइनेछ । यसअघि कृषि एम्वुलेन्स सेवा संचालन हुदै आएकोछ ।

    जसका लागि ठूलो मात्रामा उत्पादन आवश्यक परेपछि ससानो परिमाणमा उत्पादन गरेर वजारमा पुराउन कृषि उपजकालागि अटोरिक्सा कार्यक्रम ल्याइएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले वताउनु भयो । यसवाट  बिचौलिया रोकिने, किसानले उचित मूल्य र उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि उपज पाउने भएकाले यस्तो कार्यक्रम ल्याइएको जानकारी दिनु भयो ।

    कार्यक्रमका लागि यस वर्ष ६० लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ जसमा एक किसान समूह वा सहकारीलाई अटोरिक्सा किन्न ५ लाख रकम उपलब्ध गराइनेछ । कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले अटोरिक्सा दिन तराईका जिल्लामा किसान छनोट प्रक्रिया थालिएको बताउनुभयो ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६