असोज १२, काठमाण्डौ – विश्वभर कोरोना भाइरसको सङ्क्रमणपछि दुई करोड ४६ लाख ३९ हजारभन्दा धेरै निको भएका छन् । कोरोनाबारे अपडेट दिँदै आएको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म तीन करोड ३३ लाख ११ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा विश्वभर दश लाख दुई हजार चार सय जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका रहेको छ । अमेरिकामा ७३ लाख २१ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा दुई लाख नौ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ४५ लाख ६० हजार चार सयभन्दा धेरै निको भएका छन् ।
अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारत हो । त्यहाँ अहिलेसम्म ६० लाख ७४ हजार सात सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा ९५ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये ५० लाख १६ हजार पाँच सयभन्दा धेरै निको भएका छन् । ब्राजिलमा अहिलेसम्म ४७ लाख ३२ हजार तीन सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ४१ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ ।
त्यस्तै ४० लाख ६० हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । रुसमा ११ लाख ५१ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २० हजार तीन सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै नौ लाख ४३ हजार दुई सयभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । वर्ल्डोमिटरका अनुसार अहिलेसम्म विश्वका दुई सय १३ देश र त्यसका क्षेत्रका साथै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
प्रतिक्रिया