कपिलवस्तु असोज १२ ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा गोबिन्द केशीको समर्थनमा कपिलवस्तुका साझा युवाहरुको समूहले पनि अनसन शुरु गरेका छन । गत भदौ २९ गते जुम्लाबाट २९ औँ अनसन थाल्नुभएका डाक्टर केशीको जिवन रक्षाका लागि भन्दै धर्ना कार्यक्रम संगै रिले अनसन शुरु गरेका हुन । ‘हामी डाक्टर केसीको साथमा छौँ’ म पनि डाक्टर केसी हो लेखिएका पम्पलेटसहति धर्ना उत्रिएका युवाहरु जिल्लाको चारनम्बर बजार चोकमा अनसन बसेका छन । जबसम्म मागहरु पूरा हुदैन तबसम्म प्रत्येक दिन बिहान ८ बजेदखी साझ ५ बजेसम्म धर्नामा बस्ने नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापती चन्द्रकान्त पोख्रेलले बताउनुभयो ।
डा.केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गर्दै धर्नामा बसेका युवाहरुले हरेक नागरिकको ज्यान रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्ने बताउदै राज्यले उहाका माग तत्काल सम्बोधन गरेर अनशन तोडाउनु पर्ने माग गरेका छन । डा. केसीले उठाएका माग जायज भएकाले सवै जनताले समर्थन र साथ दिनु पर्नेमा पनि जोड दिएका छन ।
प्रतिक्रिया