ब्रेकिंग न्युज

पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना



काठमाण्डौ १४ असोज । अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको छ ।मनसुन कमजोर अवस्थामा पुगेकाले कम पानी पर्न थालेको छ । यो वर्ष पनि दुई दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट मनसुन बाहिरिने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा पूर्वबाट प्रवेश गरेर मध्य हुँदै पश्चिमसम्म फैलिएर साढे तीन महिना सक्रिय हुने मनसुन पश्चिमबाट मध्य हुँदै पूर्वबाट नै बाहिरिने महाशाखाका मौसमविद्ले बताएका छन् ।

   तर सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिनुपर्ने भए पनि केही वर्ष यता ढिला भित्रिएर ढिला नै बाहिरिन थालेको छ ।मनसुन सकिएपछि बिस्तारै पश्चिमी वायु सक्रिय हुन्छ । पश्चिमी वायुले चिसो ल्याउने भएकाले मनसुन सकिएपछि बिस्तारै चिसो बढ्न थाल्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । अहिले बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशको मौसम सामान्य बदली भई थोरै ठाउँमा हल्का पानी पर्ने र अरु ठाउँको मौसम घाम लाग्दै बादल लाग्ने उहाँले जानकारी दिनुभयो । 

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६