काठमाण्डौ १४ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।प्रतिनिधिसभाको चुनावमा हारेका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रियसभा सदस्यको जिम्मेवारीबाट हटाउन तथा मन्त्री र अन्य संवैधानिक पदमा नियुक्ती नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवरासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा पूर्ण सुनुवाइ हुँदैछ । अधिवक्ता त्रिपाठीले असोज ४ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी रिट दायर गरेका गर्नुभएको थियो ।यसअघि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बामदेव गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिइसकेको छ ।
प्रतिक्रिया