स्वास्थ्य

रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता



काठमाडौं, १३ असोज । रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप नेपाल ल्याइने भएको छ ।रुसको स्पुतनिक भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको हो ।उक्त रसियन कम्पनीले भारतमा पनि ठूलो संख्यामा कोरोनाविरुद्धको खोप पठाउने जनाएको छ ।

      रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो ।रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दै आएका छन् ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६