बुटवल १४ असोज । कोरोना संक्रमण बाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुष रहेका छन्। संक्रमितको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए । थापाका अनुसार असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । सोही क्रममा उनको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनको मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।
१४ आश्विन २०७७, बुधबार
प्रतिक्रिया