सूचना र प्रविधि

रेल्वे कम्पनीमा जागिर खान ३२ हजार आवेदन



काठमाण्डौ १४ असोज । नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन् ।कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो ।

      १५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभएको छ ।‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ । पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ । दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ । सोर्स फोर्स,  चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन । यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भन्नुभएको छ । नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ । सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन । 

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६