बुटवल ४ कार्तिक । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा बिहान मृत्यु भएको हो ।ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।
४ कार्तिक २०७७, मंगलबार
प्रतिक्रिया