ब्रेकिंग न्युज

रुकुम पश्चिममा एक दम्पत्ति घरभित्रै झुण्डिएर आत्महत्या



दाङ ४ असोज। रुकुम पश्चिममा एक दम्पत्ति घरभित्रै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। बाफिकोट गाउँपालिका वडा नं। ७ २२ वर्षीय दिपक खनाल र उनकी २१ वर्षीया श्रीमती विपना खनाल आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरिक्षक हरि वलीले जानकारी दिए।आत्महत्या गर्नुभन्दा पहिला उनीहरूको बीचमा आपसमा झगडा भएको देखिएको प्रहरी निरीक्षक वलीले बताए।

    ‘कोठामा चुराहरू फुटेको तथा समानहरू यताउता ढलेको देखिएको छ,’ वलीले भने, ‘त्यो आधारमा उनीहरूका बीचमा झगडा भएको र त्यसपछि दुबैले आत्महत्या गरेको देखिएको छ।’ प्रहरीका अनुसार खनाल दम्पत्ति घरमा एक्लै बस्दै आएका थिए। उनीहरूकी तीन महिनाकी छोरी छन्।प्रहरी निरीक्षक वलीका अनुसार नजिकै घर भएका दीपक खनालका भाइले बिहान तीन महिनाकी छोरी रोइरहेको सुनेपछि ढोका खोलेर हेर्ने क्रममा दुवै जना झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको वलीले बताए ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६