ब्रेकिंग न्युज

जसपामा डा. भटराईको नेतृत्वमा संघिय परिषद,कपिलवस्तुका दर्जन नेता केन्द्रमा



कपिलवस्तु ५ कार्तिक काठमाडौंमा जारी जनता समाजवादी पार्टीको बैठकले पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेतृत्व गर्ने संघीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि बैठकले पारित गरेको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो ।

    मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकी निर्णयका लागि ५ जना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले जानकारी दिनु भयो  । पाँच शीर्ष नेतामा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादव रहेका छन् ।

    यता कपिलवस्तु केन्द्रिय समितिमा ठूलो संख्यामा नेताहरु परेका छन् । जस अनुसार अमृता अग्रहरी ,अकवाल अहमद शाह,दान बहादुर चौधरी ,विष्णुहरी शर्मा , नारायण खनाल ,सहसराम यादव पहिले देखि नै रहदै आउनु भएकोमा यसपाली पनि केन्द्रिय सदस्यको भूमिकामा रहनु भएको छ । यसैगरी नयाँ थपिनेमा रविन्द्र कुमार मिश्रा ,रविदत्त मिश्रा , मंगल प्रसाद गुप्ता ,सन्तराम अग्रहरी ,कालिपद शर्मा अब्दुल अक्रम पठानर राम बरण यादव समेत केन्द्रिय समितिमा पर्नु भएको छ । 

    यता जनता समाजवादी पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने भएको छ। सोमबार र मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६