कपिलवस्तु ५ कार्तिक ।काठमाडौंमा जारी जनता समाजवादी पार्टीको बैठकले पार्टीको संघीय परिषद् अध्यक्षको जिम्मेवारी डा. बाबुराम भट्टराईलाई दिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले नेतृत्व गर्ने संघीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि बैठकले पारित गरेको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ पार्टीका युवा नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो ।
मंगलबार सकिएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकी निर्णयका लागि ५ जना शीर्ष नेतालाई अधिकार दिएको पाण्डेले जानकारी दिनु भयो । पाँच शीर्ष नेतामा डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् । केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादव रहेका छन् ।
यता कपिलवस्तु केन्द्रिय समितिमा ठूलो संख्यामा नेताहरु परेका छन् । जस अनुसार अमृता अग्रहरी ,अकवाल अहमद शाह,दान बहादुर चौधरी ,विष्णुहरी शर्मा , नारायण खनाल ,सहसराम यादव पहिले देखि नै रहदै आउनु भएकोमा यसपाली पनि केन्द्रिय सदस्यको भूमिकामा रहनु भएको छ । यसैगरी नयाँ थपिनेमा रविन्द्र कुमार मिश्रा ,रविदत्त मिश्रा , मंगल प्रसाद गुप्ता ,सन्तराम अग्रहरी ,कालिपद शर्मा अब्दुल अक्रम पठानर राम बरण यादव समेत केन्द्रिय समितिमा पर्नु भएको छ ।
यता जनता समाजवादी पार्टीको केन्द्रीय समितिको आकार ७ सय ७९ सदस्यीय बनाउने भएको छ। सोमबार र मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय समितिको आकार टुंगो लगाएको हो।
प्रतिक्रिया