काठमाडौं ५ कात्तिक। व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरसका संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी दिए ।पछिल्लो केही दिन यता आफ्नो सम्पर्कमा आएकाहरूलाई परीक्षण गर्न र सावधान अपनाउन समेत उनले सुझाव दिएका छन् ।
५ कार्तिक २०७७, बुधबार








प्रतिक्रिया