ब्रेकिंग न्युज

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण, जिल्ला अस्पतालमा सिल



सिमकोट कार्तिक ५ । हुम्ला जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागी सेवा बन्द गर्दै सिल गरिएको छ ।  कार्तिक २ गते अस्पताले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीे गरी १७ जनाको स्वाब सङ्कलन गरी परिक्षणका लागी सुर्खेत पठाएकामा मङ्गलबार दुई जनामा कोरोना  पोजेटिभ देखाएको थियो । 

    एक महिला स्वास्थ्यकर्मी र अर्का एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रशुति सेवाबाहेक अन्य सम्पूर्ण  सेवा बन्द गर्दै अस्पताल सिल गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।  सङक्रमित स्वास्थ्यकर्मीको संम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्नु पर्ने भएका कारण अस्पतालालाई केही दिनका लागि सिल गरिएको बताइएको छ । रा स स

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६