ब्रेकिंग न्युज

नगरले गर्न नसकेको काम वडाले गरेपछि सेविकाले पाए साइकल र ब्याग



कपिलवस्तु  कार्तिक ।केहिदिन अगाडी नगरपालिकाको सभाहलमा राखिएको एक कार्यक्रममा बाणगंगाका महिला स्वयम सेविकाले भने न हामीले साइकल पायौं , नत भत्ता ,काम २४ घण्टा मासिक ७५० मात्र सुविधा । स्वयम सेविकाको कुरा सुनेर भावुक भएका मेयर मंगल प्रसाद थारुले अहिले सम्म नगरवाट त्यस्तो कुनै निर्णय गराउनु भएको छैन जसले स्वयम सेविकालाई प्रोत्सहन गरोस ।


    तर नगरको वडा नं ७ ले भने नगरले गर्न नसकेको काम गरेको छ । सो वडाले त्यहा कार्यरत स्वास्थ्य स्वयम सेविका ,स्वास्थ्यकर्मी र वालविकास सहजकर्तालाई एकएक थान साइकल र ब्याग वितरण गरेर स्थानीय सरकारको अनूभूती दिलाएको छ । सोही अवसरमा बोल्दै नेकपाका प्रदेश नेता एवम संबिधान सभा सदस्य बलाराम अधिकारीले सरकारका राम्रा कामको प्रचार हुन नसकेका बताउनु भएको छ । कोभिड १९ को समयमा सरकारले लिएका पछिल्ला निर्णय र नितिप्रति नकरात्मक  प्रचार भएको बताउदै सरकार जनताको स्वास्थ्यप्रति सबेदनशिल भएको स्पष्ट पार्नूभएको छ । 

    कपिलवस्तुको बाणगगां वडा न. ७ ले राखेको वडामा कार्यरत स्वास्थ्यकर्मी ,महिला स्वास्थ्य स्वयमसेविका र बालबिकास सहजकर्ता प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढ्ने बताउदै मुलुकले तय गरेको समृद्धिको यात्रालाई साथ र सहयोग गर्न आग्रह गर्नुभयो । प्रगतिको बाटोमा लागिरहदा नयाँ अबसर ,नँया चुनौती र नयाँ सम्भावना देखिएको भन्दै नँया निति निर्माण र कानुन बनाउने चरणमा संघिय सरकारले लागिपरेको बताउनुभयो ।

    प्रोत्साहन कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यसेविका र बालबिकासका सहजकर्तालाई साईकल र ब्याग वितरण गर्दै थप जिम्मेवारी थपिएको र स्वास्थ्य संगै शिक्षाको क्षेत्रमा आफुनो भूमिका अझ बढाउन सुझाब दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै बाणगंगा नगरका उपप्रमुख चक्रपाणी अर्यालले कोरोनाको जोखिमका बिचमा स्वास्थ्यकर्मी ,स्वयमसेविकाहरुले खेलेको भूमिका सह्रायिन रहेको बताउदै यस कार्यलाई नगरपालिकाले मूल्याकंन गरेको बताउनुभयो । उपप्रमुख अर्यालले उहाहरुका उचित जायज मागलाई पूरा गर्न नगर पछाडि नहट्ने स्पष्ट समेत पार्नूभएको छ ।


    यस्तै कार्यक्रममको उद्देश्य र वडाले गरेका कामहरुका बिषयमा जानकारी गराउदै वडा अध्यक्ष बिष्णु गिरीले वडाका रचनात्मक र सिर्जनात्मक कार्यहरुमा जोडिन सबैमा आग्रह गनुभयो । चालु आर्थिक बर्षको महिला लक्षित बर्गको कार्यक्रम अन्तगर्त स्वास्थ्यकर्मी र महिला स्वयमसेविकाहरुले मनोबल उच्च बनाउनका लागि साईकल र ब्याग सम्मान स्वारुप वितरण गरेको बताउनुभयो । 

    उहाले समयमै योजना सम्झौता ,कार्यान्वयन र सम्पन्न गर्न वडा नं ७ नगरमा अघि रहेको बताउनुभयो । महिला लक्षित कार्यक्रमलाई भौतिक बिकासका जस्तै कामहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउदै साईकल र ब्याग सम्मान स्वारुप पाएपछि आफनो काममा थप उर्जा र हौसला मिलेको बताएका छन । वडाले ४ जना स्वास्थ्यकर्मी ,४ जना बालबिकासका सहजकर्ता र ५ जना महिला स्वास्थ्य स्वमसेबिकाहरुलाई गरि १३ जनालाई साईलक र ब्याग वितरण गरिएको हो । वडा सदस्य साबित्रा थारुको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष डिलाराम भूषाल ,वडा सदस्य ,टोलबिकास समितिका अध्यक्ष लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिब कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६