अर्थ-वाणिज्य

अर्थमन्त्री पौडेललाई काम गर्नवाट रोक्ने प्रयासमा गिरोह सकृय



रुपन्देही ६ कार्तिक । प्रविधीको दुरुपयोग गरी नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई सताउने गिरोह सकृय भएको छ । पहिलो कार्यकालमा अर्थ मन्त्रालय मार्फत उत्साहवद्र्धक काम गरेका अर्थमन्त्री पौडेललाई काममा केन्द्रित हुनवाट रोक्न तनाव श्रृजना गर्न र छक्काउन सके दुरुपयोग गर्न गिरोहले गलत काम थालको उहाको नीजि सचिवालयले जनाएको छ ।  अर्थमन्त्री पौडेलका नाममा फेसबुक र ईमेल आईडी बनाएर म्यासेज जान थालेपछि उनको सचिवालय मात्र होईन स्वयम अर्थमन्त्रीलाई तनाव दिएको छ ।

    अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले केही ह्याकरहरुले अर्थमन्त्री पौडेलको फेक आईडी बनाएर बिभिन्न ब्यक्ती तथा संस्थाहरुलाई सन्देश पठाउन थालेको बताउदै त्यस्ता प्रति सर्तक रहन आग्रह गरेका छन । नीजि सचिव यम पाण्डेले सामाजिक सन्जाल फेसवुक मार्फत शन्देस सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलका नाममा अनाधिकृत ब्यक्तीले गलत र भ्रामक म्यासेज पठाउने गरेकोले भ्रममा नपर्न आग्रह गरेका छन ।पाण्डेले त्यस्ता प्रकारका कुनै सन्देश आएका त्यसको सत्यता जांच गर्न र ति सन्देशहरुको भ्रममा नपर्न आग्रह गरेका छन ।हामी बिद्युतीय कारोवार एैन अनुसार उनीहरुलाई कार्वाहीको प्रक्रिया अगाडी बढाएका छौ छिट्टै नै कानुनको दायरामा आउने छन पाण्डेले फेसवुक मार्फत भनेका छन् । 

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६