ब्रेकिंग न्युज

रुपन्देही र अर्घाखाँचीका दुईजना कोरोना संक्रमितको बुटवलमा मृत्यु



बुटवल ६ कात्तिक। बुटवल कोरोना विशेष अस्पतालमा दुई कोरोना संक्रमितको  मृत्यु भएको छ । रुपन्देही र अर्घाखाँचीका दुईजना संक्रमितको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा गएराति मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको  मृत्यु भएको हो ।कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।यस्तै असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका अर्घाखाँचीका पुरुषको बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ५३ पुगेको छ भने अर्घाखाँचीमा ५ पुगेको छ ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६