ब्रेकिंग न्युज

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा



चितवन ६ कार्तिक । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि वजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो । प्रा डा पौडेलद्वारा लिखित उक्त पुस्तक सङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो ।जानकारीमूलक यो पुस्तकमा ३१ वटा लेखहरु निवन्धको शैलीमा लेखिएका छन् । पहिलो लेख ‘कम्मरी’ हो भने अन्तिम लेख ‘कोभिड कहर’ हो ।

 लेखक पौडेलका अनुसार २२ लेखहरु हाडजोर्नी र नशासम्बन्धी मात्रै रहेका छन् । अन्य लेखहरु भने समसामयिक स्वास्थ्यसम्बन्धी रहेको उहाँले जानकारी दिनुभयो ।अर्थोपेडिक चिकित्सकले नेपाली भाषामा अर्थोपेडिक विषयका अन्तरकुन्तर समेटेर लेखेको यो पहिलो पुस्तक भएको बताउँदै उहाँले भन्नुभयो, “समस्याहरूको जानकारी प्राप्त गर्न र घरमै बसी उपचार गर्नलाई समेत फाइदा होस् भनी लेखिएका छन् । बचपनदेखि बुढ्यौलीसम्म र महिलाका पृथक समस्या यसमा केलाइएका छन् ।” सकेसम्म नेपाली शब्दावली र साधारण भाषामा लेखिएका प्रसङ्गहरू कुनै किताबको सारांशजस्तो नभई लेखकको २० वर्षको कार्यअनुभवको आधारमा पनि व्याख्या गरिएकाले जो कसैले सजिलै बुझ्न सक्ने उहाँको भनाइ छ ।

 कतिपय स्वास्थ्य समस्या यो पुस्तक पढिसकेपछि घरमै बसेर आफँै समाधान गर्न सकिने प्रा डा पौडेलको भनाइ छ । लेखनकार्यमा रुचि राख्ने उहाँले वर्तमानमा विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का बारेमा पनि पुस्तकमा समेट्नु भएको छ । लेखकको यो पुस्तक खुशीहरुको वनवासपछिको दोस्रो हो । लेखक आफैँमा भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुनुहुन्छ । उहाँ अर्थोपेडिक विषयको प्राध्यापकसमेत रहनुभएको छ । पौडेलले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गर्नुभएको छ । उहाँलाई नेपाल अर्थोपेडिक सङ्घको रजत वर्ष विसं २०७६ मा वरिष्ठ अर्थोपेडिक सर्जनलाई प्रदान गरिने नेशनल अवार्डसमेत प्रदान गरिएको थियो ।

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६