ब्रेकिंग न्युज

वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास टुट्दै हराउँदै पिङ संस्कृति



कपिलवस्तु ७ कार्तिक । हिन्दूहरुको महान् चाड दशैँतिहारमा  पिङ हाल्ने  मौलिक संस्कृति विस्तारै हराउँदै गएको छ । कपिलवस्तुका विभिन्न स्थान ,अर्घाखाचीँको जुकेना, सन्धिखर्क,ठाडा,अर्घा लगायतका ठाउँहरुमा दशैँ आउनु केही समयअघिदेखि पिङ बाट्ने र हालेर खेलिने मौलिक परम्परा रहेको छ । तर पछिल्लो पुस्तामा भने   पिङ प्रतिको  चासो कम भएसँगै हराउन लागेको छ ।  यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन ।

  विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । देशैभरका विभिन्न स्थानमा रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ ।  वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि  विस्तारै टुट्दै गएको छ ।

 आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको अर्घाखाचीँ जुकेनाका ७० बर्षिय रुकमागत पौडेलको भनाई छ । आफ्नो बाल्यकाल स्मरण गर्दै पौडेलले भन्नुभयो दशैँ आउनु अघिबाटै  पिङ बाट्न सुरु गथ्यौँ । तर अहिले कतै देख्न पाईदैँन युवा पुस्ताले खासैँ चासो दिदैँन्न  । 

   प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा बुढापुस्ता चिन्ता व्यक्त गर्दछन् ।  विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे पिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको अर्घाखाचीँ जुकेनाका बासिन्दा बताउँछन् । 

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६