कपिलवस्तु ७ कार्तिक । हिन्दूहरुको महान् चाड दशैँतिहारमा पिङ हाल्ने मौलिक संस्कृति विस्तारै हराउँदै गएको छ । कपिलवस्तुका विभिन्न स्थान ,अर्घाखाचीँको जुकेना, सन्धिखर्क,ठाडा,अर्घा लगायतका ठाउँहरुमा दशैँ आउनु केही समयअघिदेखि पिङ बाट्ने र हालेर खेलिने मौलिक परम्परा रहेको छ । तर पछिल्लो पुस्तामा भने पिङ प्रतिको चासो कम भएसँगै हराउन लागेको छ । यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन ।
विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । देशैभरका विभिन्न स्थानमा रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्यो । विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।
आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको अर्घाखाचीँ जुकेनाका ७० बर्षिय रुकमागत पौडेलको भनाई छ । आफ्नो बाल्यकाल स्मरण गर्दै पौडेलले भन्नुभयो दशैँ आउनु अघिबाटै पिङ बाट्न सुरु गथ्यौँ । तर अहिले कतै देख्न पाईदैँन युवा पुस्ताले खासैँ चासो दिदैँन्न ।
प्रत्येक वर्ष दशैँतिहारमा पिङ हाली खेलेर हुर्कँदै आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकामा बुढापुस्ता चिन्ता व्यक्त गर्दछन् । विगतमा वर्षेनी दशैंँतिहारमा लिङ्गे पिङ हालेर खेल्ने खेलाउने गरिए तापनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको अर्घाखाचीँ जुकेनाका बासिन्दा बताउँछन् ।
प्रतिक्रिया