कपिलवस्तु ७ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जना कोरोना संक्रमित थपिएका छन । कार्तिक ४ गते गरिएको ५६ जनाको स्वाव परिक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएका हो । शुक्रबार थपिएका सत्रंmमित वडा नं १ का ३२ वर्षिया महिला र २४ वर्षिय पुरुष गरि २ जना , वडा नम्बर ४ का २३ र २१ बर्षिया २ महिला, वडा नम्बर ५ का २८ वर्षिया एक महिला, वडा नम्बर ८ का ३८ वर्षिया एक महिला र ४७ वर्षका २ पुरुष गरि ३ जना , ९ नम्बर वडाका ३२ वर्षिया महिला र २४ वर्षका पुरुष गरि २ जना र वडा नम्बर ११ मा २ वर्षिया बालक गरि नगरमा ११ जनामा सक्रंमण पुष्टि भएको हो ।
यि सबैको कन्ट्राक्टेसिङका आधारमा समुदायस्तरबाट पिसिआर परिक्षण भएको थियो । यस्तै शुक्रबार थपिएका मध्य एकजना नगरको कर्मचारी र २ जना स्वास्थ्यकर्मी समेत रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी गराउनुभयो । यो संगै बाणगंगा नगरपालिकामा कोरोना संक्रमितको २ सय ४५ संख्या पुगेको छ । भने सक्रिय संक्रमितको सख्ण ८६ रहेको छ । सक्रिय संक्रमित मध्ये ६ जना बुटवलमा रहेको र बाकी सबै होम आईशुलेशनमा रहेको प्रमुख पौडेलले बताउनुभयो ।
यस्तै नगरपालिकाबाट पुन २३ जनाको स्वाव पक्षिणका लागि पठाईएको र रिपोर्ट आउन बाकी रहेको उहाले बताउनुभयो ।यता कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत ५३ वर्षीय पुरुष रहेका छन् । उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको थियो ।
प्रतिक्रिया