प्रदेश

नेकपा सचिव मिश्रको निधन



कपिलवस्तु ९ कात्तिक । नेकपाका यशोधरा गाउँपालिका सचिव राघबेन्द्र कुमार मिश्रको शुक्रबार निधन भएको छ । यशोधरा निवासी मिश्रको ६० वर्षको उमेरमा उपचारको क्रममा शुक्रबार निधन भएको नेकपा यशोधरा गाउँकमिटीले जनाएको छ । स्व.राघबेन्द्र कुमार मिश्रको अन्तिम दाहसंस्कार शनिवार रामघाटमा गरिएको छ । स्व. मिश्रको पार्थिक शरिरमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको नेकपा कपिलवस्तुले जनाएको छ ।

    उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु), नेकपा प्रदेश कमिटी सदस्य शान्तिदेवी चमार नेकपा नेताहरु आजाज अहमद दर्जी, हजरत अलि, नारायण भुसाल, यूवराज पोख्रेल लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उपस्थिती रहेको नेकपा कपिलवस्तुले जनाएको छ । 

    यसैबीच नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा शोक विज्ञप्ती मार्फत नेकपाका यशोधरा गाउँपालिका सचिव एवम् सामाजिक ब्यक्तत्व राघबेन्द्र कुमार मिश्रको दुःखद् निधन प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ । शोक विज्ञप्तीमा स्व. राघबेन्द्र कुमार मिश्र प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । सामाजिक क्षेत्रमा क्रियाशिल स्व. राघबेन्द्र कुमार मिश्रका दुई छोरा र दुई छोरी रहेका छन् । 

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६