स्वास्थ्य

भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख पुग्यो



भारत ११ कार्तिक ।  भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ४४ हजार १२८ पुगेको छ ।  सोमबार एक दिन ३५ हजार ९३२ नयाँ संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ९८ दिनपछि भारतमा ४० हजार भन्दा कम नयाँ संक्रमित पुष्टि भएको पहिलो पटक हो । यसअघि २१ जुलाइमा ३९ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा अहिलेसम्म ७१ लाख ९८ हजार ६६० संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुने मामिलामा भारत विश्वकै सबैभन्दा बढी संक्रमण रहेको ५ देशमा शीर्ष स्थानमा रहेको छ ।

          भारतमा संक्रमणमुक्त हुने दर ९०.१९ प्रतिशत रहेको छ । भारतपछि संक्रमणमुक्त हुने दर राम्रो भएको देशमा ब्राजिल दोस्रो स्थानमा रहेको छ । ब्राजिलको संक्रमणमुक्त हुने दर ८९.६५ रहेको छ । यस्तै रुसको ७४.८४ प्रतिशत रहेको छ । सबैभन्दा खराब अवस्थामा फ्रान्स रहेको छ । फ्रान्समा हालसम्म ९.६९ प्रतिशत संक्रमित मात्रै निको भएको समाचारमा जनाइएको छ । भारतमा हालसम्म १ लाख १९ हजार ५३४ संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको केस भारतमा लगातार घटिरहेको छ । पछिल्लो एक सातामा १ लाख १८ हजार सक्रिय संक्रमित कम भएका छन् । अहिले देशमा ६ लाख ५५ हजार ९३५ सक्रिय संक्रमित रहेका छन् । दैनिक औषत १२ हजार सक्रिय संक्रमित घटिरहेको पनि जनाइएको छ । 

प्रकाशित : ११ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६