काठमान्डौँ १२ कार्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।
१२ कार्तिक २०७७, बुधबार
प्रतिक्रिया