ब्रेकिंग न्युज

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ



काठमाण्डौ १४ कार्तिक । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्ष पक्राउ परेका छन् ।वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइ र भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

      उहाँका अनुसार २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले वंशजका आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुबा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका र खोजी भइरहेको पनि विष्टले जानकारी दिनुभयो ।भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा बस्दै आएका छन् ।

    प्रहरी नायव उपरीक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐनअनुसार कारबाही हुनेछ । ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दाबी गरेर नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६