स्वास्थ्य

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि



काठमाण्डौ १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको बीबीसीले जनाएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएकाले ट्रम्प दम्पती आइसोलेशनमा जाने तयारी छ ।यसअघि हिक्सको कोरोना रिपोर्ट पोजेटिभ आएकाले आफू र श्रीमती मेलानियाको पनि कोरोना परीक्षणको लागि स्वाब दिएको र नतिजा कुरिरहेको ट्रम्पले बताउनुभएको थियो । हिक्सले प्राय सधैं मास्क लगाउने गरेपनि कोरोना रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभएको थियो ।

       ट्रम्पले सामान्यतया मास्क नलगाउने र व्यक्तिगत दूरी पनि कायम गरेको पाइँदैन । उहाँले कोरोनालाई हल्का रुपमा लिएको भन्दै आलोचना हुँदै आएको छ । पछिल्लो समय सल्लाहकार हिक्स राष्ट्रपति ट्रम्पसँग थुप्रै ठाउँमा राष्ट्रपतिय चुनावी बहसका कार्यक्रममा जानुभएको थियो ।अमेरिकामा अहिलेसम्म विश्वकै सबैभन्दा धेरै ७४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख १२ हजारको ज्यान गएको छ भने ४७ लाख ३६ हजार उपचारपछि निको भएका वल्ड्रोमिटरले जनाएको छ ।

प्रकाशित : १६ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६